तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
2026-06-20थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
सरकारकै बेवास्ताका कारण बढ्यो डेंगुको प्रकोप साढे १७ हजार जनामा संक्रमण पुष्टि,
५ असोज डेंगु प्रकोपले जटिलता आउन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा काठमाडौं उपत्यकासँगै देशभर प्रकोप देखिएको उनीहरु बताउँछन् । साउन महिनायता डेंगुको संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ भने ७५ जिल्लामा डेंगु फैलिदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ

सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित हुँदा ६ जनाको मृत्यु भएको थियो । त्यसबेला जम्मा ६८ जिल्लामा डेंगुका केस पुष्टि भएको थियो । अहिले ४ वर्ष पहिलेको भन्दा अझ बढ्ने देखिएको छ ।
हाल सबैभन्दा बढी बाग्मती प्रदेशमा १२ हजार ९७८ जना डेंगु संक्रमित भएका छन् । ४ वर्ष पहिले पनि लामखुट्टे नियन्त्रणमा चुक्दा डेंगुले लामो समयसम्म धेरै प्रभावित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् ।
सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार डेंगुले प्रकोप रुप लिनुभन्दा दुई महिना अगाडिदेखि लामखुट्टे नियन्त्रणमा तदारुकता दिइएको भए अहिलेको स्थिति आउने थिएन । अहिले सरकारले लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको जनाएको छ । यद्यपि सरकारले दसौँ हजार जना डेंगु संक्रमित हुँदा अभियानलाई अभियानका रुपमा सञ्चालन नगरेको स्वास्थ्यविज्ञहरुको भनाइ छ ।
सरकारले कोरोना महामारीमा जसरी मास्क,सेनिटाइजर र सामाजिक दुरी कायम गरौँ अभियानलाई तीव्रता दिएको थियो त्यसै गरी डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट अभियान र जनचेतनालाई प्राथमिकता नदिएको सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाको जिकिर छ ।
‘लामखुट्टे खोज र नष्ट गर’ अभियान घरघरमा संक्रमित हुनबाट जोगाउनु र वृद्धि विकासमा रोक लगाउनु भएपनि व्यवहार नउतारिएको उनीहरुको भनाइ छ । डा. मरासिनी भन्छन्, ‘लामखुट्टे विशेष गरी काठमाडौं उपत्यकामा व्यापक रुपमा फैलिएको छ । लार्भा नष्ट गर्न भन्दै झाडीमा कतै कतै कहिलेकाहीँ धुवा उठाउँदैमा नष्ट हुँदैन । जबसम्म पानी जम्मा हुने सबै स्थानमा ध्यान दिइँदैन, तबसम्म नष्ट हुँदैन । संक्रमण बढिरहन्छ ।’
डा. बास्कोटाका अनुसार २०१९ मा लामखुट्टे केही स्थानमा मात्रै थियो । नयाँ बजार, सोह्रखुट्टे, कलङ्की, थानकोट वरपर डेंगु संक्रमित बढी थिए । डेंगु सार्ने संक्रमित लामखुट्टे धेरै थिएनन् तर, त्यतिबेला संक्रमण फैलिएको थियो । अहिले संक्रमित लामखुट्टे धेरै स्थानमा देखिएकाले सुरुवाती दिनदेखि नै संक्रमितको दर ह्वात्तै बढेको हुँदा सचेत नभए प्रकोपले जटिलता निम्त्याउन सक्छ ।




