थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
स्वच्छ बागमती अभियान : धापको पानी अन्तै जानी चिन्ताढल पनि टाउको दुखाइ
४ असोज, काठमाडौं । बागमती नदीमा सफा पानी बगाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ धाप ड्यामबाट छाड्ने पानी अन्तै मोडिने भएको छ ।

सुन्दरीजल जलविद्युत, केयूकेएल, मेलम्ची खानेपानी आयोजना, डाँछी खानेपानी आयोजना लगायतले बागमती जलाधार क्षेत्रमा बाँध बाँधेर पानी तर्काएकाले धाप जलासयबाट पठाइएको सबै पानी बागमतीमा नपुग्ने भएको हो ।
बागमतीको सहायक नदी नागमतीको पानी मुलखर्क भन्ने स्थानमा बाँध बाँधेर सुन्दरीजल जलविद्युत आयोजनाले लगेको छ । यसैगरी बागमतीको पानी केयूकेएल, मेलम्ची, डाँछी खानेपानी र अर्को एक परम्परागत सिंचाइ आयोजनाले बाँध बाँधेर लगेका छन् ।
सुन्दरीजल जलविद्युत आयोजनाबाट बगेको पानीलाई केयूकेएलले प्रयोग गरेको छ । त्यसपछि मेलम्ची आयोजनाले पनि नदीमै बाँध बाँधेर १३५ एमएमका पाइप प्रयोग गरेर लगेको छ ।
‘यदि यी निकायका संरचनाहरुमा फेरबदल नगरिए बागमतीमा बगाउन भनेर छाडिएको पानी अन्तै बाँडिने छ,’ बागमती सुधार आयोजना सिंचाइ युनिटका प्रमुख कृष्ण प्रसाद रिजालले भने ।
सुन्दरीजल जलविद्युत केन्द्रमा लगिएको पानी
बागमतीमा सफा पानी बगाउने उद्देश्यले बनाइएको धाप ड्याम र प्रस्तावित नागमती ड्यामको जिम्मा यही सिंचाइ युनिटले पाएको छ । सिंचाइ युनिटका प्रमुख रिजालले खानेपानी, सिंचाइ र जलविद्युतका लागि पानी तर्काउन बनाइएका संरचना फेरबदलका लागि सरोकारवाला निकायसँग बैठक बसेर छलफल गर्ने तयारी भइरहेको जानकारी दिए ।




