थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
खोलामा नुहाउने क्रममा चिप्लिएर खोँचमा अड्किएका सिवाकोटीको सेनाको हेलिकोप्टरले उद्धार गर्दै
असोज २ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा रहेको नाकुटे हेलम्बु खोलामा नुहाउने क्रममा चिप्लिएर खोँचमा अड्किएका शिक्षक केशव सिवाकोटीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ । सिवाकोटी हिजो नुहाउने क्रममा चिप्लिएर १ सय पचास मिटर तल खोँचमा अड्किएका थिए ।

आज बिहानै खोजतलासको क्रममा उनी जिवितै रहेको एकिन भएपछि सेनाको हेलिकोप्टर मगाएर उद्धार गर्ने प्रयास भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रामेश्वर यादवले जानकारी दिए ।
स्थानीयले हिजो साँझदेखि खोजतलास गरिरहेको भए पनि आज विहान मात्र उनलाई नाकुटेको खोँचमा हात हल्लाइरहेको अवस्थामा देखेका थिए । मानिस उक्त स्थानमा गएर उद्धार गर्न असम्भव भएपछि सेनाको हेलिकोप्टर मगाइएको प्रहरी उपरिक्षक यादवले बताए ।




