थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेटका लागि दरखास्त
भदौ ३१ नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो ।

आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।




