थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई जग्गा उपलब्ध गराउने निर्णय
भदौ ३० पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई जग्गा उपलब्ध गराउन मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् नुवाकोटको विदुरमा रहेको सो शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको हो ।

विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले सरकारको निर्णयसँगै शिक्षालयको नाममा १४२ रोपनी लिजमा लिन बाटो खुलेको बताइन् । ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नुवाकोटको नाममा १४२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको छ’, उनले भनिन्, ‘नुवाकोट र अझ विशेष विदुरको लागि जीवन उपयोगी प्राविधिक शिक्षाको हिसावले यो ऐतिहासिक रहनेछ ।’
सिटिइभिटीअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–१ मा यो शिक्षालय स्थापना गरिएको छ । नुवाकोटको तुप्चेमा जन्मिएका पोष्टबहादुर बोगटीको २०७१ भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । इमान्दार तथा जनप्रिय नेताको रुपमा रहेको उनको छविको सम्मानका लागि सिटिइभिटीमार्फत उनकै नाममा नुवाकोटमा शिक्षालय स्थापना गरिएको हो ।




