नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
राप्रपामा पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने प्रस्ताव
२६ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने विषय उठेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरुले ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पदाधिकारीले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने धारणा राखेका हुन् ।
बैठकमा महामन्त्री धवलशमशेर राणा, महामन्त्री भुवन पाठक, महामन्त्री कुन्तीकुमारी शाहीलगायतले पदाधिकारीले चुनाव लड्नुपर्ने धारणा राखेका एक नेताले बताए । उनीहरुले तालमेल भए पनि नभए पनि पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा उम्मेदवार छनोटको मापदण्ड, चुनावमा हुने तालमेलका विषयमा पनि छलफल भएको थियो । अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेसँग तालमेलका विषयमा कुराकानी भइरहेको तर टुंगोमा नपुगेको जानकारी गराएका थिए ।
उम्मेदवार छनोटका क्रममा एक पटक अवसर पाइसकेकालाई दोहोर्याउन नहुने, जनाधार भएकाहरुलाई अवसर दिनुपर्ने, संसदमा आवश्यक पर्ने नेताहरु छनोट गर्नुपर्ने पनि नेताहरुले बताएका थिए ।





