मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

२० भदौ, काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको कार्यदल सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
आइतबार बसेको सत्ता घटकका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो । दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी खाका ल्याउन भनिए अनुसार कार्यदलको बैठक आज बस्न लागेको एक सदस्यले जानकारी दिए ।
कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव लैजाने छ । सोही सिफारिसका आधारमा शीर्ष नेताहरुले अन्तिम निर्णय गर्नेछन् ।
यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म सिफारिस गर्न सकेको छैन ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।





