बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
जापान पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक महिला पक्राउ

१९ भदौ, काठमाडौं। प्रहरीले जापान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीय मिना सुब्बा रहेकी छिन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसान्धानको कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको हो ।
उनले वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै पीडित व्यक्ति १३ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन् ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अनुसन्धान कार्यायलयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।





