परिवर्तनका पारखी बालेन ।।।

0Shares

परिवर्तनका पारखी बालेन ।।।

विनोद मण्डल भदाै १३ । नेपाली राजनीतिक इतिहासमा गुण्डा राज चलाउँदै आएका पार्टीहरूको समापनको समय नेपालमा देखा पर्न थालेका छन् , त्यसको एउटा ज्वलन्त उदाहरण हो बालेन शाह ।

हिजोका दिनमा गुण्डा राज चलाउने , पार्टीहरूको खेतालो अनि झोलेहरु , अपहरणको योजना बनाउने ,भू माफिया दलाल तस्कर ,विकाश विरोधी डुङ्डुङ्ती गनाउने नालिका किराहरूका कारण देश विगतदेखि बर्बादितिर गरिरहेको अवस्थामा एउटा सुन्दर महानगरको कल्पना गर्दै आफ्ना कार्यालाई कानुन र न्याय सम्वत अगाडि बढाउदा पापीहरूको नाइके भनाउँदाहरूले विरोध जनाइरहेका छन् ।

बालेनको खेदो खनिरहेका छन् , उनको विरोध गरिरहेका छन् । हाम्रो आँखा अगाडि बालेनले अशल काम गर्दा पनि दोषी चस्मा लगाएर उनको बिरोध गरिरहेका छन् । बालेन कुनै एउटा पार्टीले टपक्क टिपेर मेयर बनाएको व्यक्ति नभएर लाखौं जनताले चुनेर पठाएको मेयर हो ।

मुठ्ठीभरका केही व्यक्तिले बालेनको खुट्टा तान्दैमा विकाश रीकिनेबाला छैन उनलाई लाखौं जनताको साथ सहयोग रहेको देखिन्छ । उनले जे अभियान अहिले चलाएका छन् ती कानुन सम्बत र न्यायपूर्ण रहेको पाइन्छ ।

भ्रष्ट दलाल अनि गनदकीहरुलाई सोच्नुपर्ने बेला आएको छ ,काठमाण्डौको हालत यस्तो कसले बनायो ? २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाको समयमा सडक विस्तार गर्दा पनि केयौ बाधा अवरोध नआएको होइन तर सडक विस्तार गरियो जहाँ हामी आज हिडिरहेका छौं । त्यसको करिब एक दशक पछि पुन अतिक्रमित सडकलाई मिचेर भौतिक संरचना बनाएका र राजनीतिक संरक्षण पाउँदै बाँचिरहेका भुमाफिया जस्ता व्यक्तिहरूको सफाया अभियानमा जुटेका शाहको मूल्यांकन आज जनताले गरिरहेका छन् ।

२०५१ देखि हालसम्म काठमाण्डौको मेयरहरु को काे भए ? र तिनीहरूले कस्ता कस्ता कामहरू गरे दलहरुसँग त्यसको लेखाजोखा होला कि ? ती मेयरहरुको काम थियो गुण्डा पोस्ने, माफियालाई जोगाउने ,सार्वजनिक जग्गा अतिक्रमण गर्ने राजधानीलाई कुरुप बनाउने अनि पार्टीको झोलेहरलाई उचालेर विभिन्न खाले आन्दोलन गराउने । आज तिनै पापीहरूको सफायामा बालेन जुटेका छन् ।

काठमाण्डौमा जताततै पार्किङ , सवारी साधनलाई गुड्ने ठाउँको अभाव , जामै जाम ब्यबस्थापनको अभाव जताततै सडक अतिक्रमण ,नदी अतिक्रमण यस्ता समस्याको पहाड लिएर उभिएको काठमाण्डौलाई सुन्दर सफा बनाउन खोज्ने वालेनले अशल कामको थालनी गर्दा देशमा भूकम्प आउँछ भने ७५३ पालिकाहरूमा यस्तै कामको थालनी गर्ने हो भने देशको अनुहार फेर्न कति पो समय लाग्ला र ?

स्वतंत्र भन्ने बित्तिकै सबै स्वतन्त्र व्यक्तिहरू अशल नै हुन्छ भन्ने त छैन् तर समाज परिवर्तनका संवाहकको खोजि तपाईं हाम्रो कर्तव्य पनि हो । दुई चार ओटा भौतिक संरचना आँखा अगाडि बनाएर विकासमा हामी अगाडि भाउदाहरुको विकाश उनको ग्रामीण भेगमा गएर हेर्दा हुन्छ अनि छातीमा हात राख्दा राम्रो हुन्छ ।

नालिका किराहरु , तस्करहरु ,दलाल ,फटाहा , भ्रष्टाचारीलाई गाउँ गाउँबाट सफाया अभियान देशभरि चलाउन जरुरी देखिएको छ । तस्करलाई जोगाउने न्यायधीश , ओकिल अनि सरकार र राजनीतिक दल तथा उनका कार्यकर्ता पनि सामाजिक न्याय विपरीत भएकोले स्वार्थ भन्दा माथि उठ्न जरुरी देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *