नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
समाजमा धार्मिक प्रहार जारी सोचाइ अलग अलग
समाजमा धार्मिक प्रहार जारी सोचाइ अलग अलग ।।।
विनोद मण्डल भदाै १३ । समाज नियन्त्रणको बलियो आधारकाे रूपमा रहेको धार्मिक आस्था माथि पक्षीमा प्रहार जारी रहेको छ ।
सनातन हिन्दु धर्म अनुसार मानव बीचमा कुनै जातपात खडा नभएर मानविय ब्यबहार द्वारा सिर्जित जातिय प्रथाले गर्दा समाजमा गतल भ्रमहरु पैदा हुनु गलत पक्कै पनि हो । आजभोलि धर्म माथि जुन प्रहार भइरहेको छ त्यो नेपाली समाजको लागि चुनौती बनिरहेको छ । हिन्दू आस्थामाथि अनेकन बाहानामा पटक पटक प्रहार गरिनु सामाजको लागि हितकर कदापि हुन् सक्दैन । गाँउ गाँउमा नयाँ धर्मको भौतिक संरचनाको निर्माण गरेर समाजमा भ्रम पैदा गराउने अनि सनातन धर्मको खिल्ली उडाउनु भनेको नेपाली धार्मिक सांस्कृतिक स्थलहरूको उजाड गर्नु हो ।
आजभोलिकाे बाहिरी तत्व र पश्चिमीली शैलीको अनुकरणले गर्दा हिन्दु धर्मलाई बार बार वेइजत गरिएको छ । धर्मप्रति जन्तामा गलत भ्रम पैदा गराई देशलाई बिखण्डन गराई शान्ति भंग गर्नु हो । समाजमा हिन्दूत्व बिर्सेर राष्ट्रिय अखण्डताको भ्रममा पर्नु ठूलो भूल हुनेछ छ। धर्म आफैमा पबित्र छ तर यस्लाई गलत तरिकाले पस्केको हुनाले अहिलेका युवालाई भ्रममा पारिएको छ। सामाजिक सञ्जालमा गलत तरिकाले धर्मलाई प्रस्तुत गरेको कारण युवावर्गमा गलत आधार र विचार आउनु अनी किताब ,ग्रन्थ यथार्थ न पढेर अर्काको धर्मको अनुकरण गर्नु ठुलो भुल हो । धर्म आमा सरह हुन्छ र त्यस्को रक्षा गर्नु हाम्रो कर्तव्य । कुनै पनि धर्मको निन्दा न गर्नु यहि धर्मले सिकाएको छ ।






