तीज बिशेष कार्यक्रममा फतिमा

1Shares

य बिशेष कार्यक्रममा फतिमा ।।।

विनोद मण्डल भदाै १२ । नेपाली महिलाहरुको महान पर्व तीज विशेष कार्यक्रम देशभरि चलिरहेको अवस्थामा देशका विभिन्न कम्पनीहरुले समेत दर खुवाउने गरेको देखिन्छ ।

नवलपरासीको परासीमा पेप्सी कम्पनीद्धारा दर खाने र खुवाउने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।जनप्रतिनिधिहरुलाई सहभागी गराई आयोजना गरिएको उक्त कार्यक्रममा पालिकाका उप प्रमुखहरुको सहभागिता रहेको थियो ।

तिज विशेष दर खाने कार्यक्रममा नवलपरासी जिल्लाको विभिन्न पालिकाका जनप्रतिनिधिहरुको सहभागितामा आयोजित कार्यक्रममा रामग्राम नगरपालिकाका उप-मेयर सम्झना चौधरी , पाल्हिनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अंसारी, रामग्राम नगरपालिकाका पूर्व उप-मेयर रम्भा कुँवर,राष्ट्रिय जेसिजका उपाध्यक्ष सन्दीप अग्रहरी, रामग्राम जेसिजका अध्यक्ष अनिल उपाध्यय, रामग्राम महिला जेसिजका अध्यक्ष अनिता तिवारी लगायत महिला प्रतिधीहरुको विशेष उपस्थितिमा आयोजित तीज विशेष उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा शुभकामना आदानप्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै फतिमा खातुनले तीज सामाजिक एकता कायम राख्न धार्मिक सांस्कृतिक हिसाबले अति महत्त्वपूर्ण रहेको बताउँदै सहभागी सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ ।
कार्यक्रममा दर खाइसकेपछि नेपाली मौलिकता झल्किने गरी नाच गान समेत गरिएको उपमेयर सम्झना चौधरीले बताउनुभयो ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण महिला दिदि बहिनीहरुलाई पूर्व उपमेयर रम्भा कुँवरले शुभकामना दिनुहुँदै राज्यको मूलधारमा महिला सहभागिता अनिवार्य भएको बताउनु भएको छ ।

वर्षको एकपटक यसरी खुशी साथ तीज मनाउन पाएकोमा सबै खुशी भएको फतिमा निजी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *