भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने आपूर्ति सहज बनाउने सरकारको तयारी
2026-09-16सुख्खा पहिरोका कारण रुख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति, दुर्घटनाको जोखिम कायमै
2026-09-16
जाँड खाएर मरेकाको शालिक बनेको छ, युद्धमा मरेकाहरुको नामै छैन : केपी ओली

१ भदौं, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सिध्याउन भनेर हिडेको माओवादी केन्द्रको नाममा केही भन्नु बाँकी नरहेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले माओवादी केन्द्र कम्युनिष्ट सिध्याउन नेपाली कांग्रेसको पछि लागेको बताए । ‘त्यस्तो माओवादीको के कुरा गर्ने ? स्वाँस्वाँ फवाँफवाँ गर्दै कांग्रेसलाई पछ्याएर हिडेको छ’, ओलीले भने ।
माओवादीले शहीद, घाइते र अपाङ्गहरु बिर्सिएको आरोप लगाए । ‘महान जनयुद्ध भन्थ्यो, १७ हजार मरे । कति अंगभंग भए’ उनले भने, ‘युद्धमा होमिएका युवाहरु आज कहाँ छ, अपाङ्गहरु कहाँ छ ?’
ओलीले नेताका आफन्त जाँड खाएर मरेपनि शालिक बनाइएको, तर युद्धमा मारिएकाहरुको नामै नभएको बताए । ‘जाँड खाएर मरेकाहरुको शालिक बनाएको छ, युद्धमा परेकाहरुको शालिक बनाएको छ ?’ ओलीले भने, ‘युद्धमा मरेकाहरुको नामै छैन । को थियो, कहाँ थियो ? त्यस्तो माओवादीको कुरा गर्ने ?’





