मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
‘आमा नेपाली, बुवा नेपाली, म चाहिँ कहाँको ?’

१ भदौ, काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोधमा युवाको एक समूहले बुधबार माइतीघरमा प्रदर्शन गरेको छ ।
उनीहरुले नागरिकता विधेयक पारित नहुँदा आफूहरु अनागरिक हुनुपरेको भन्दै प्रदर्शन गरेको हो । ‘अनागरिक बनाउन पाइदैन, आमाबुवा नेपाली अनि त्यसका सन्तान…?, नागरिकता विधेयक पारित गर’ लगायतका नारासहित उनीहरुले माइती मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।




