भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने आपूर्ति सहज बनाउने सरकारको तयारी
2026-09-16सुख्खा पहिरोका कारण रुख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति, दुर्घटनाको जोखिम कायमै
2026-09-16
Wednesday, September 16, 2026
देव गुरुङलाई महासचिव बनाउने प्रचण्डको तयारी

१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।
माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिवमा देव गुरुङको नाम घोषणाको तयारी गरेका छन् ।
माओवादीको महासचिवमा नेताहरु जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी थिए । तर प्रचण्डले ती दुईमध्ये कुनै एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आकलन गरी तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोत बताउँछ ।





