४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
नागरिकता विधेयक फिर्ताको विरोधमा माइतीघरमा प्रदर्शन
नागरिकता विधेयक फिर्ताको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडौँ — प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विरोधमा बुधबार काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालको अगुवाइमा युवाहरुले माइतीघर मण्डलामा नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेका हुन् ।
प्रकाशित : भाद्र १, २०७९ १५:५९
‘नेपाली आमाबुबाका सन्तान हामी कसरी अनागरिक सरकार ?’, ‘देशको असल नागरिक पहिचान गर’, ‘अनागरिक बनाउन पाइँदैन’, लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले सडकमा प्रदर्शन गरे । राष्ट्रपति भण्डारीले साउन २९ गते पुनर्विचार आवश्यक भन्दै विधेयक फिर्ता गरेकी थिइन् ।






