नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
Saturday, August 29, 2026
आगामी चुनावमा म्यादीको संख्या बढ्छ : आईजीपी सिंह
आगामी चुनावमा म्यादीको संख्या बढ्छ : आईजीपी सिंह
काठमाडौँ — आगामी निर्वाचनमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने आईजीपी धिरजप्रताप सिंहले बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलनमार्फत उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वैशाख ३० मा भएको स्थानीय तहको चुनावमाभन्दा धेरै संख्यामा म्यादी भर्ना गरिने बताएका हुन् ।
उक्त निर्वाचनमा ४० दिनका लागि म्यादी भर्ना गरिने आईजीपी सिंहले बताए । स्थानीय तहको निर्वाचनमा करिब एक लाखको संख्यामा म्यादी प्रहरी खटाइएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मंसिर ४ मा हुँदै छ ।






