कृषकप्रति चिंतित सभापति महतो ।।।

0Shares

कृषकप्रति चिंतित सभापति महतो ।।।

विनोद मण्डल साउन २६ । जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो , जसपा नेता प्रयागलाल यादव र मीडियाकर्मीबीच जिल्लाका कृषि र किसानको समस्याप्रति गहन छलफल भएको छ । किशाकाे समस्यालाई लिएर विगत केही दिन देखि सभापति महतो आफ्नो टीम सहित मलखाद वितरण भइरहेको केन्द्रहरूमा अनुगमन गरी रहनु भएको छ । अनुगमनको क्रममा साल्ट ट्रेनिङ्गको गोदाममा ठूलो मात्रामा मल भेटिएको र किसानले सहज रुपमा युरिया मल नपाउँदा महतो आक्रोसित भएका हुन् ।

जनताको महत्वपूर्ण आवश्यकता शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवास हुन र यसप्रति सबै पक्ष संवेदनशील हुन जरुरी रहेकाे महतोले बताउनु भएको छ । मधेश आन्दोलनको योद्धा महतो सभापति बने लगत्तै जिल्ला भरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था लगायत १७ वटै स्थानिय सरकारसंग समन्वय गर्दै मधेसी जनताको अधिकार प्राप्तिका लागी जुट्नु भएको छ ।

अर्का जसपा नेता प्रयागलाल यादव पनि किसानको समस्या प्रति गम्भीर रहेको छ। उहाँको भनाइ अनुसार हामी अब रासायनिक विषादी लाई विस्तापित गरौं कारण यसको नकारात्मक असर हरेक क्षेत्रमा परी सकेको छ । माटोमा ५% अर्गानिक मेटर हुनु पर्ने हो तर १- ३% मा झरेको विभिन्न अध्ययनले देखाइसकेको छ र बिस्तारै माटो बिरामी हुँदै मरणशिल अवस्थामा पुग्दैछ । यो जटिल समस्यालाई रोक्न जैविक बाहेक विकल्प नरहेकोले यस तर्फ सबैको ध्यान जान जरुरी छ नेता यादवले बताउनु भयो । दुवै नेता अगाडी थप्नु भयो रासायनिक विषादी हाम्रो देशमा उत्पादन हुँदैन र आयात गर्न विभिन्न कठिनाई पनि छ र यसको प्रयोगले जल जंगल जमीन जीव जनावर मानव लगायत जलवायुमा नकारात्मक असर समेत परेकोले यसलाई विस्तापित गरी जैविक विधि बाट खेती शुरु गर्न अब जरुरी भइसकेको छ बताउनु भएको छ ।

आफ्नै देशमा रहेका प्रयाप्त स्रोतसाधनको प्रयोग गरी कम लगानीमा किसानलाई पनि सस्तो हुने जैविक मल प्रयाप्त उत्पादन हुने सम्भावना हाम्रो देशमा छ र तिनै तहका सरकार यस तर्फ गम्भीर हुन जरुरी छ बताउनु भयो । मीडिया कर्मीको अन्तिम जवाफमा मधेसी देशको दोस्रो दर्जाको नागरिक हो अहिले सम्म महशुस गर्दैछन र मधेश आन्दोलनले हामीलाई जन्माएको हो र त्यही जनताले हामीलाई यहाँ सम्मd पुर्याएको छ त्यसकारण हामी जन्ता कृषि र किसान प्रति पूर्णरुपमा गम्भीर छौँ समेत उहाँ नेता महतो र यादवले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *