रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
बैतडीमा बञ्चरो प्रहार गरेर छोराले गरे बुबाको हत्या
१३ साउन, धनगढी । बैतडीमा बञ्चरो प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान बञ्चरो प्रहार गरेर बुवा ७० वर्षीय अन्तरामको हत्या गरेको प्रहरीले जनाएको छ ।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले शुक्रबार बिहान करीब ५ बजेतिर जोशीले बञ्चरो प्रहार गरेर बुबाको हत्या गरेकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।
स्थानीयकाअनुसार छोराको बञ्चरो प्रहारबाट मारिएका अन्तरामको टाउको र शरीर अलग भएको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।