मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
जबराको निर्णयमाथि छानबिन गर्न अख्तियारलाई कामु प्रधानन्यायाधीश कार्कीको पत्र?

११ साउन, काठमाडौं । सर्वोच्च अदालतले आफ्नो भवन निर्माणमा अनियमितता भएको विषयमा अनुसन्धान गर्न अनुरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ ।
सर्वोच्च अदालत प्रशासनले यसअघि प्रधानन्यायाधीशको निर्णयमाथि अख्तियारले अनुसन्धान गर्न नसक्ने भनी पत्र पठाएको थियो । त्यसको विपरीत कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले अख्तियारमा पत्र पठाएको हो ।
‘सर्वोच्च अदालतबाट हामीकहाँ पत्र आएको छ । त्यो पत्रमा सर्वोच्च अदालत भवन निर्माणमा भएको अनियमिततामा छानबिन गर्न अनुरोध गरिएको छ’ पत्रवारे उधृत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले भन्यो, ‘सर्वोच्च अदालतबाट हुने प्रशासनिक काम कारवाहीमा अख्तियारले छानबिन गर्न मिल्छ । त्यसैले तपाईंहरुले त्यो अधिकार प्रयोग गरी भवन निर्माणको विषय छानबिन गर्नुहोस् ।’
सर्वोच्च अदालत स्रोतले पनि कामू प्रधानन्यायाधीश कार्कीको सचिवालयबाट पत्र पठाइएको पुष्टि गरेके छ । कामू प्रधानन्यायाधीश कार्कीले यसअघि छानबिनको अधिकार नभएको भनी पत्र पठाउने रजिष्ट्रार नारायण पन्थीलाई नै अघिल्लो पत्र खण्डन हुनेगरी अर्को पत्राचार गर्न निर्देशन दिएका थिए । उनले अर्को पत्र पठाउन अस्वीकार गरेपछि कामू प्रधानन्यायाधीशको सचिवालयले नै पत्राचार गरेको स्रोतको भनाइ छ ।
सर्वोच्च अदालतको भवन निर्माणका क्रममा अनियमितता भएको भनी महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो । त्यसपछि सर्वोच्च अदालतले आन्तरिम रुपमा पनि छानबिन गरिरहेको छ भने यससम्बन्धी उजुरी अख्तियारमा समेत विचाराधीन छ ।




