मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
विदेशी मुद्रा आर्जनमा पर्यटनको हिस्सा निरन्तर घट्दै

११ साउन, काठमाडौं । विदेशी मुद्रा आर्जनमा पर्यटनको गर्विलो इतिहास क्रमशः कमजोर बन्दै गएको छ । एकातर्फ पर्यटनभन्दा वैदेशिक रोजगारीबाट अत्यधिक बढी वैदेशिक मुद्रा भित्रनु र अर्कोतर्फ खर्चालु पर्यटक भित्र्याउन नसक्नु र भित्रिएका पर्यटकले गर्ने खर्चको समेत यथार्थ आंकडा राख्न नसक्दा विदेशी मुद्रा आर्जनमा पर्यटनको हिस्सा कमजोर बनेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ५ दशकको तथ्यांक अनुसार पछिल्लो दुई दशकयता विदेशी मुद्रा आर्जनमा पर्यटनले आफ्नो हिस्सा गुमाउन थालेको हो । यस अवधिमा त्यस अगाडिको तुलनामा रकम वृद्धि हुँदै गए पनि हिस्सा घट्न थालेको हो ।
विदेशी मुद्रा आर्जनमा पर्यटनको हिस्सा कमजोर हुनुमा पर्यटन भन्दा अन्य माध्यमबाट आउने विदेशी मुद्रा धेरै हुन थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुँइटेल बताउँछन् । लुँइटेलले भने, ‘हाम्रो क्षेत्रको आम्दानी घटेको होइन, अरु क्षेत्रबाट बढी आम्दानी हुन थालेपछि पर्यटनको हिस्सा कम देखिएको हो ।’ यसमा रेमिट्यान्स मुख्य स्रोत रहेको उनको भनाइ छ ।
३६.८ प्रतिशतसम्म योगदान थियो पर्यटनको
पछिल्लो ४८ वर्ष यताको तथ्यांकअनुसार एक आर्थिक वर्षमा नेपालले पर्यटनमार्फत विदेशी मुद्रा आर्जनमा ३७.३ प्रतिशतसम्मको योगदान गरेको थियो । यस्तो योगदान आर्थिक वर्ष २०३९/४० (सन् १९८२/८३) मा गरेको थियो । सो वर्ष पर्यटनबाट नेपालले पर्यटनबाट ८४ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको थियो ।
गत आव २०७८/७९ (सन् २०२१/२२) को ८ महिनामा पर्यटनबाट नेपालले ७ अर्ब ८७ करोड ४४ लाख रुपैयाँ आम्दानी गर्यो । यो कुल वैदेशिक मुद्रामा यो मात्र १.३ प्रतिशत हिस्सा हो । यसो हुनुमा विप्रेषण र अन्य माध्यमबाट हुने आयको हिस्सा ठूलो हुनु हो ।




