वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न ।।।

3Shares

वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल साउन ६ । सिराहाको धनगढीमाई १२ मा रहेको हेल्थ पोष्टको बार्थिङ सेन्टरलाई मधेस प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुर धामबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

वडाको ठतियामा रहेको हेल्थ पोष्टको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव , विशिष्ट अतिथि उपमेयर संगिता कुमारी चौधरी , अथितिहरु तपेश्वर महतो , नील कुमार राउत ,वडा १० का वडा अध्यक्ष सरोज कुमार महतो , वडा १ का वडा अध्यक्ष सुर्य नारायण यादव , वडा न ४ का वडा अध्यक्ष ओम प्रकाश यादव , स्थानिय नेता विवेक राज डोटेल , स्वास्थ्य चौकी प्रमुख अमर सिंह चौधरी , समाजसेवी आशा राम महतो , देवकुमार महतो र पत्रकार रहमुल राइनको उपस्थितिमा आयोजित कार्यक्रममा अध्यक्षता वडा नं १२ का वडा अध्यक्ष जय प्रकाश ठाकुरले गर्नु भएको थियो ।

स्वास्थय सामग्री हस्तान्तरण गर्दै सभापति रामचन्द्र यादवले आफूले स्वास्थ्य चौकीमा अक्सिजन लगायतको अति आवस्यक सामग्री नहुँदा विगतदेखि स्थानियले भोग्दै आएको समस्यालाई नजिकबाट नियालेर आफूले
अक्सिजनको समस्यालाई मुख्य समस्या मान्दै अहिले अक्सिजन लगायतको सामग्री हस्तान्तरण गर्दा खुसी भएको बताउनु भएको छ ।

हेल्थ पोष्ट विकासको लागि आफु नियमित लागिरहने बताउँनु हुँदै वर्थिङ सेन्टर विकासको लागि जिल्ला , प्रदेश र केन्द्र समेतमा आफ्नो पहल जारी रहेको समेत बताउनु भएको छ ।

कार्यक्रममा स्वास्थ्य चौकीमा जग्गा दाता लक्षमण महतो लगायत जनकपुरबाट स्वास्थय सामग्री ल्याउनका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेका समाजसेवी देवकुमार महतो र विवेक राज डोटेल लगायत उपस्थित अतिथिहरु र पत्रकारलाई खादा र फूलमालाले चौकी प्रमुख अमर सिंह चौधरीले स्वागत गर्नु भएको थियो ।

पूर्व निर्धारित समयमा सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य चौकीका गोमा श्रेष्ठले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन विनय डोटेलले गर्नुभएको थियो ।

कार्यक्रममा स्थानिय समाजसेवी , बुद्धिजीवी , पत्रकार , महिला लगायत करिब ६५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापनमा बोल्दै वडा अध्यक्ष जय प्रकाश ठाकुरले विकासमा राजनीति गर्न नहुने धारणा राख्दै सरे खोला पुलको लागि सभापति रामचन्द्र यादवको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *