गभर्नर अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथि प्रश्न उठ्यो : पञ्चा सिंह

14Shares

गभर्नर अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथि प्रश्न उठ्यो : पञ्चा सिंह

अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले  गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथि प्रश्न उठेको टिप्पणी गरेकी छन् । अखिल (क्रान्तिकारी) हिमालय इन्जिनियरिङ कलेजद्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितालाई बिहीबार काठमाडौमा सम्बोधन  गर्ने क्रममा नेतृ सिंहले यस्तो टिप्पणी  गरेकी हुन् । 

सरकार बेरोजगारीको समस्या हल गर्न असफल भएको भन्दै  सिंहले प्राविधिक जनशक्तिलाई मुलुकभित्रै खपत गर्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राखिन् । ‘देशमा एकातर्फ दक्ष जनशक्तिको अभाव छ अर्को तर्फ तपाई इन्जिनियरहरु पासपोर्ट बनाउन जमलमा लाइन लाग्नुपरेको छ ।’ उनले भनिन्, ‘नैतिक र शैक्षिक रुपमा समेत अयोग्यहरु गभर्नर बन्ने देशमा दक्ष इन्जिनियरहरु रुँदै बिदेशिन बाध्य हुनुपरेको छ ।’ 

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनाली र क्षितिज सापकोटा तथा सचिवद्वय प्रशुन कार्की, नारायण बडाल र सञ्जीव रेग्मीले सम्बोधनसहित उद्घाटन गरिएको कार्यक्रममा उपत्यकाका विभिन्न इन्जिनियरिङ कलेजका २८ वटा समूह सहभागी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *