कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
आबेको मृत्युपछि सम्पन्न निर्वाचन : जापानको सत्तारूढ दलले बहुमत प्राप्त गर्ने प्रक्षेपण

आबेको मृत्युपछि सम्पन्न निर्वाचन : जापानको सत्तारूढ दलले बहुमत प्राप्त गर्ने प्रक्षेपण
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण राष्ट्रिय प्रसारक एनएचकेले आइतबार गरेको छ ।
पूर्व प्रधानमन्त्रीको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धन सहयोगी कोमेइटोले संसदको माथिल्लो सभाको १२५ सिटमध्ये ६९ देखि ८३ सिटको बीचमा विजय हुने अनुमान एनएचकेको सर्वेक्षणले देखाएको छ । यस पहिले उक्त गठबन्धनलाई प्राप्त सिटभन्दा बढी सङ्ख्या हो ।
आबेको हत्या हुनुभन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो, यद्यपि आक्रमणले उनीहरूलाई सहानुभूतिको मतसमेत प्राप्त हुने सङ्केत देखिएको हो ।
प्रधानमन्त्री फुमिओ किशिदाले हत्याको बाबजुद पनि निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए । शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका समय आबेमाथि नजिकैबाट गोली हानियो ।
उक्त घटनामा सख्त घाइते बनेका पूर्व प्रधानमन्त्री आबेलाई तत्काल हेलिकप्टरबाट अस्पतालमा पुर्याइएको थियो । तर गोली लागि अत्यधिक रक्तश्राव भएका उनको स्थानीय अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो । उनको पार्थिव शरीर शनिबार टोकियोस्थित आवेको निजी निवासमा ल्याइएको थियो । यस आक्रमणले जापानलाई ठूलो झट्का दिएको छ र जापान लगायत विश्व समुदायलाई स्तब्ध पारेको छ ।





