कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
हत्या आरोपित ४ जना पुर्पक्षका लागि कारागार चलान

हत्या आरोपित ४ जना पुर्पक्षका लागि कारागार चलान
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालत अछामले ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका पृथ्वी शाही, वीरेन्द्र शाही, महेन्द्र शाही र देवेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
गएको वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृतावस्थामा भेटिएका थिए । उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलका नगरप्रमुख अम्बिका चलाउने, वडा नं ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।
सरकारी वकिलको कार्यालयले नगरप्रमुख अम्बिका चलाउनेसहित तीन जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै मुद्दा नचल्ने निर्णय गरेको थियो । प्रहरीले नगरप्रमुख चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।





