एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो। लक्ष्य पूरा गर्न नसकेपछि जनकपुरले पहिलो खेलमै हार बेहोरेको छ।

१३३ रनको सामान्य लक्ष्य दिए पनि कर्णालीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरलाई दबाबमा राख्न सफल भयो। यस जितसँगै कर्णाली याक्सले एनपीएलमा सुखद सुरुवात गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *