एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
2026-10-28अर्नब चक्रवातको प्रभावले नेपालमा भारी वर्षा र हिमपातको जोखिम तीन दिन उच्च सतर्कता अपनाउन आग्रह
2026-10-28
प्रधानमन्त्रीको उपस्थितिमा एनपीएल सिजन–३ को भव्य उद्घाटन
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन समारोह प्रधानमन्त्रीको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा शिक्षा तथा खेलकुद मन्त्रीको समेत उपस्थिति रहेको थियो।
नेपाली क्रिकेटप्रति खेलप्रेमीहरूमा देखिएको उत्साहले नेपालको खेलकुद क्षेत्रको सम्भावना र उज्ज्वल भविष्यप्रति थप आशा जगाएको छ।
एनपीएलले नेपाली क्रिकेटको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहिचान विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, प्रतियोगिताले नेपालको खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै आयोजकले प्रतियोगितालाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको छ।




