नापजाँच सकिएको पाँच वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
2026-09-13बाढीले बगाएको सडकमा युद्धस्तरमा काम बेत्रावती स्कुलसम्म ट्रयाक खोलियो
2026-09-13
Sunday, September 13, 2026
दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागुको थाङ्मी समुदायको प्रगतिको बाधक बन्दै बालविवाह ।।।

दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागुको थाङ्मी समुदायको प्रगतिको बाधक बन्दै बालविवाह ।।।
दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागुको थाङ्मी समुदायको प्रगतिको बाधक
सन्तोष ठान्टी थाङ्मी आषाढ़ २४ । नेपाल सरकारले बनाएको कानूनमा युवा युवतीको वैवाहिक उमेर निर्धारण गरेता पनि मुलबासी भुमीपुत्र थाङ्मी समुदायमा यसको उलंघन भएको पाइन्छ ।
दोलखा जिल्लाको बिगु गाउँपालिकामा रहेको करिब ४०० घर धुरी थाङ्मी समुदायमा बालविवाह व्यापक रहेकाे पाइन्छ ।
विद्यालय उमेरका बालबालिकाको करिब १४/१५वर्षमा नै विवाह हुने गर्दा एकातिर थामी समुदायको शैक्षिक अवस्था कमजोर बन्दै गरेको छ भने अर्कोतिर समाजमा सामाजिक अपराधको अवस्था पनि मौलाई रहेकाे पाइन्छ ।
यस समुदायले बालविवाह गरिरहँदा पनि जिल्ला स्थिति बालसरोकारका निकायहरु मौन बसेको देखिन्छ ।





