बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
ड्राइगन खेतीबाट आत्मनिर्भर बन्दै हमाल ।

ड्राइगन खेतीबाट आत्मनिर्भर बन्दै हमाल ।
विनोद मण्डल आषाढ़ २३ । सिरहाको धनगढीमाई नगरपालिका वडा नंबर 12 गडमेका टंकबहादुर हमाल ठकुरीले करिव चार कठ्ठा जमिनमा कृषि उपज ड्राईगन फलको खेती सुरु गरेर नमुना कृषक बन्दै छन् ।
कृषक हमाल भन्नुहुन्छ ” वैदेशिक रोजगारीबाट फर्केपछी मैले आफ्नो बाझो रहेको जमिनमा कृषिमा केही गर्न सक्छु भनेर मैले तरकारी खेती लगाउन सुरु गरे “
कृषक हमालले सुरुमा खुर्सानी, काउली, भान्टा, साग, पर्वल लागायतका विभिन्न तरकारी बालीको खेती सुरु गरे बिस्तारै बिस्तारै उनले सिजन अनुसारको तरकारी खेती गर्दै जान थाले ।
आम्दानी बढ्दै गएपछि
उनले करिब चारकठ्ठा जग्गामा ड्राईगन फलको खेती सुरु गरेको हो ।
यसको बजारमा मुल्य किलोको 1 हजार देखि 2 हजार सम्म छ भनिन्छ । अहिले उनले चारसय बिरुवा रोपेर सुरुवात गरेको ड्राईगन खेतीमा पछि अझै बिरुवाहरू थप्दै जाने वताएका छन् ।






