भीमेश्वरमा सर्पको टोकाइबाट भक्तबहादुर थामीको ज्यान गयो
2026-07-18निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17
भीमेश्वरमा सर्पको टोकाइबाट भक्तबहादुर थामीको ज्यान गयो
भीमेश्वरमा सर्पदंशबाट भक्तबहादुर थामीको ज्यान गयो
दोलखा, साउन २। दोलखाको भीमेश्वर नगरपालिका–२ डोकथलीका ५३ वर्षीय भक्तबहादुर थामीको सर्पदंशबाट मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार राति आफ्नै घरको भान्साकोठामा काम गरिरहेका बेला थामीलाई सर्पले टोकेको थियो। सर्पले टोकेपछि उनलाई तत्काल अस्पताल नलगेर घरमै घरेलु उपचार गरिएको थियो। शनिबार बिहान उपचारका लागि दोलखा अस्पताल लैजाने क्रममा उनको अवस्था गम्भीर बनेको थियो।
दोलखा अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिएका छन्।
दोलखामा पछिल्लो समय सर्पदंशका घटना बढ्दै गएका छन्। यसअघि वैतेश्वर गाउँपालिकामा पनि सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको थियो। स्वास्थ्यकर्मीहरूले सर्पले टोकेको अवस्थामा घरेलु उपचारमा समय नगुमाई तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न सबैलाई आग्रह गरेका छन्।




