तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
2026-06-20थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
काठमाडौं। तामाङ भाषा, कला, संस्कृति तथा मौलिक फापरे गीत–संगीतको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।
आयोजकका अनुसार प्रतियोगिता असार १५ गतेदेखि सुरु भई असार मसान्तसम्म सञ्चालन हुनेछ। कार्यक्रम TikTok Live मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ भने हरेक दिन नेपाल समयअनुसार बेलुका ८ बजेदेखि ११ बजेसम्म प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ।
तामाङ समुदायमा प्रचलित फापरे ह्वाई बाजा तथा संगीत उपकरणबिनै स्वर र लयको माध्यमबाट प्रस्तुत गरिने मौलिक लोकगायन शैली हो। विशेषगरी जात्रा, मेला, सांस्कृतिक उत्सव तथा सामुदायिक जमघटहरूमा पुरुष र महिलाबीच सवाल–जवाफ शैलीमा गाइने यो विधा तामाङ समुदायको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा मानिन्छ। पुस्तौंदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएको फापरे ह्वाईमा तामाङ भाषा, संस्कार, प्रेम, प्रकृति तथा सामाजिक जीवनका विविध पक्षहरू अभिव्यक्त हुने गरेका छन्।
प्रतियोगितामा मौलिक फापरे ह्वाई गाउन सक्ने तथा यस विधाप्रति रुचि राख्ने व्यक्तिहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेलाई रु. २० हजार, द्वितीयलाई रु. १५ हजार, तृतीयलाई रु. १० हजार तथा चौथो स्थान हासिल गर्ने प्रतियोगीलाई रु. ५ हजार पुरस्कार प्रदान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिताको निर्णायक मण्डलमा सुनिता बल तामाङ, जङ्ग घिसिङ तामाङ र ज्ञानु तामाङ रहनुहुनेछ। कार्यक्रम सञ्चालन सन्ध्या सुस्केरा मोक्तान र माया स्याङ्तान तामाङ ले गर्नुहुनेछ। साथै, प्रेम योन्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने प्रेम घिसिङ, फूलकुमार बम्जन र कविता थोकर को विशेष उपस्थिति रहने जनाइएको छ।
प्रतियोगिताका संयोजक प्रकाश योञ्जन तामाङ ले यस कार्यक्रमले तामाङ समुदायको मौलिक कला, भाषा, संस्कृति तथा सांस्कृतिक पहिचानलाई डिजिटल माध्यममार्फत विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
आयोजकले तामाङ समुदायका कलाकार, युवा तथा फापरे ह्वाईप्रेमी सम्पूर्णलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाई आफ्नो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउन आग्रह गरेको छ।



