उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्थाको आधुनिक कार्यालय उद्घाटन भव्य रूपमा सम्पन्न, थाङ्मी खाममा छापिएको ऐतिहासिक क्यालेन्डर सार्वजनिक ।।।
2026-04-28
उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने ।।।
२०८३ बैशाख २४, बिहिवार
थाङ्मी समुदायको महान तथा ऐतिहासिक पर्व उभौली (भूम्या पूजा) यस वर्ष पनि विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ भव्य रूपमा आयोजना हुने भएको छ। कार्यक्रम सोही मिति २०८३ जेठ ९ गते, शनिबार का दिन बिगु–८, थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने छ।
उभौली पर्व तथा भूम्या पूजाको अवसरमा सम्पूर्ण थाङ्मी समुदाय तथा देश–विदेशमा रहनु भएका सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको छ। यस पवित्र अवसरले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने आयोजकको हार्दिक कामना रहेको छ।
प्रकृतिप्रतिको आस्था र भूमिपूजाको परम्परा
उभौली पर्व प्रकृति, भूमि देवता तथा पूर्वजप्रतिको आस्था र सम्मानसँग जोडिएको थाङ्मी समुदायको मौलिक पर्व हो। खेतीपातीको सुरुवातसँगै मनाइने यो पर्वले प्रकृतिसँगको सहअस्तित्व, सामूहिक एकता र समृद्धिको कामना गर्ने परम्परालाई जीवन्त राख्दै आएको छ।
आयोजकको भनाइ
आयोजक समिति अध्यक्ष पल ठान्टी ज्युले थाङ्मीचागु डटकमलाई बताउँदै उभौली पर्वलाई केवल धार्मिक उत्सव मात्र नभई थाङ्मी समुदायको पहिचान, इतिहास र अस्तित्वसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक अभियानका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार यो पर्वले नयाँ पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिप्रति थप जागरूक बनाउनेछ।
भव्य सांस्कृतिक कार्यक्रम
कार्यक्रममा थाङ्मी समुदायको मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति, परम्परागत भेषभूषा प्रदर्शन तथा मौलिक खानपानका परिकारहरूको विशेष प्रदर्शनी रहनेछ।
स्थानीय प्रस्तुति:
मादाल्या, मारुनी, सेहोले बुम्बा, मोराली, बच्छेबाजा लगायतका सांस्कृतिक नृत्य तथा बाजागाजा प्रस्तुत गरिनेछन्।
राष्ट्रिय कलाकारहरू:
सबिना ठान्टी थाङ्मी (गायिका), रमण थामी (गायक), शक्ति थामी (गायक), राम कुमार थामी (गायक), मनु थामी (गायक) तथा इन्दु थामी (नृत्य कलाकार) लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।
संस्कृति संरक्षणको आह्वान
आयोजकले सम्पूर्ण थाङ्मी समुदायलाई एकजुट भई आफ्नो मौलिक भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय हुन आह्वान गरेको छ।
कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक बनाउन देश–विदेशमा रहनु भएका सम्पूर्ण समुदायको उपस्थितिको हार्दिक आग्रह गरिएको छ।
“आउनुहोस् ! सहभागी बनौं !! संस्कृति जोगाऔं !!!”
Thangmichagu.com थाङ्मी समुदायको आवाज, पहिचान र संस्कृतिको संरक्षणमा समर्पित मिडिया




