सुनसरी-१ बाट हर्क साम्पाङको शानदार विजयी ।।।

0Shares

सुनसरी–१ बाट हर्क साम्पाङ विजयी

२४ फाल्गुन २०८२, आइतबार

भक्तपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष Harka Sampang सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी Goma Tamang लाई ८ हजार ४ सय ९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्। उनले ३५ हजार ७४१ मत प्राप्त गर्दा तामाङले २७ हजार २४९ मत पाएकी छन्।

यसअघि Dharan Sub-Metropolitan City का मेयर रहेका साम्पाङले मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए।

यसै निर्वाचन क्षेत्रमा नेकपा एमालेका Tika Manglen ले ६ हजार ३३१ मत प्राप्त गरेका छन् भने नेकपाका Surya Bhattarai ले ६ हजार २५८ मत पाएका छन्।

जेन्जी आन्दोलनपछि साम्पाङकै नेतृत्वमा दर्ता भएको Shram Sanskriti Party ले स्थापना भएको केही महिनामै प्रत्यक्षतर्फ दुई सिट जित्न सफल भएको छ। सो पार्टीका महासचिव Aren Rai खोटाङबाट निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *