३५० किलो झ्याउ बरामद

0Shares

दार्चुला — प्रहरीले दार्चुलाको व्यास गाउँपालिका–३ गल्फास्थित सडक किनारमा बेवारिसे अवस्थामा प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद गरेको छ ।

प्रहरी र अपीनाम्पाका कर्मचारीले गोप्य सूचनाका आधारमा सुन्सेराबाट सिना जाने सडक किनारमा लुकाइछिपाइ राखेको अवस्थामा करिब ३५० किलोग्राम प्रतिबन्धित जडीबुटी बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी सुन्सेरा र अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेराबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको उक्त परिमाणको अवैध जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

ठूलो मात्रामा भेटिएको प्रतिबन्धित जडीबुटी झ्याउबारे अनुसन्धान भइरहेको उनले बताए । बरामद गरेको सो जडीबुटी आवश्यक कारबाहीका अपीनाम्पा संरक्षण क्षेत्र रेन्ज पोस्ट सुन्सेराको जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *