राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
प्रचण्डको संकेत : ओली बाहेकको नेतृत्वमा एमालेसँग एकता सम्भव
प्रचण्डको संकेत : ओली बाहेकको नेतृत्वमा एमाले संग एकता सम्भव
थाङमिचागु डटकम संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता हुनसक्ने संकेत दिएका छन् — तर त्यो एकता केपी शर्मा ओली नेतृत्वमा नरहे मात्र सम्भव हुने स्पष्ट सन्देश दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,
“ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकताको ढोका खुल्दैन। तर ओली बाहेकको नेतृत्वमा एमालेले छलफल गर्न चाहे हामी तयार छौं।”
उनले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूबीच एकताको प्रक्रिया तीव्र रूपमा अघि बढ्ने जानकारी पनि दिए।
प्रचण्डका अनुसार, माओवादी केन्द्र अबको राजनीतिक दिशामा “जनताको पक्षमा निर्णायक मोर्चा निर्माण” गर्ने तयारीमा छ।
त्यस्तै उनले हालको राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको चुनाव नै निकास हुने संकेत पनि दिएका छन्।
विश्लेषकहरूले प्रचण्डको यो अभिव्यक्तिलाई आगामी सत्ता समीकरण र वाम राजनीतिक पुनर्संरचनासँग जोडेर हेरेका छन्।




