मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट
नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट
थाङमिचागु डटकम संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेको छ।
नेपालले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि स्थान सुनिश्चित गरेको छ।
निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले प्रतिस्पर्धी टिमलाई पराजित गर्दै विश्वकपमा आफ्नो स्थान बनाएको हो।
यससँगै नेपाल लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्ने राष्ट्रको सूचिमा पर्यो।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यो सफलता नेपाली खेल इतिहासकै ठूलो उपलब्धि हो।
कप्तान र टोलीका सदस्यहरूले देशका क्रिकेटप्रेमीहरूलाई धन्यवाद दिँदै विश्वकपमा अझ बलियो प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपालको यो उपलब्धिले देशभरका क्रिकेट समर्थकहरूमा उत्साह र गर्वको माहोल छाएको छ।





