एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
2026-10-28अर्नब चक्रवातको प्रभावले नेपालमा भारी वर्षा र हिमपातको जोखिम तीन दिन उच्च सतर्कता अपनाउन आग्रह
2026-10-28
नेपाल तामाङ घेदुङ, कुर्दिस्तान–इराकको नयाँ अध्यक्षमा अर्जुन तामाङ चयन ।।।
नेपाल तामाङ घेदुङ, कुर्दिस्तान–इराकको नयाँ अध्यक्षमा अर्जुन तामाङ चयन
रिपोर्टिङ : सरिता बल तामाङ, थाङ्मीचागु डटकम
सुलेमानी, इराक । २०८२ भदौ २० गते (५ सेप्टेम्बर २०२५)
इराक–कुर्दिस्तानको सुलेमानीस्थित नेपाली रेष्टुरेन्ट मा सम्पन्न नेपाल तामाङ घेदुङ, कुर्दिस्तान–इराकको चौथो अधिवेशनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकका कोषाध्यक्ष श्री अर्जुन तामाङ (आर्यन) लाई सर्वसम्मत रूपमा नयाँ अध्यक्षमा चयन गरेको छ।
साथै, अधिवेशनमार्फत २०२५–२०२७ कार्यकालका लागि सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
यस अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकका अध्यक्ष विनोद श्रेष्ठले नव–निर्वाचित अध्यक्ष अर्जुन तामाङ सहित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
नेपाल तामाङ घेदुङ, कुर्दिस्तान–इराकले भाषा, धर्म, कला, संस्कार र संस्कृतिको जगेर्ना गर्दै प्रवासमा तामाङ समुदायलाई एकताको सूत्रमा बाँध्ने प्रतिवद्धता व्यक्त गरेको छन ।





