राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
नेपाल तामाङ घेदुङ, कुर्दिस्तान–इराकको नयाँ अध्यक्षमा अर्जुन तामाङ चयन ।।।
नेपाल तामाङ घेदुङ, कुर्दिस्तान–इराकको नयाँ अध्यक्षमा अर्जुन तामाङ चयन
रिपोर्टिङ : सरिता बल तामाङ, थाङ्मीचागु डटकम
सुलेमानी, इराक । २०८२ भदौ २० गते (५ सेप्टेम्बर २०२५)
इराक–कुर्दिस्तानको सुलेमानीस्थित नेपाली रेष्टुरेन्ट मा सम्पन्न नेपाल तामाङ घेदुङ, कुर्दिस्तान–इराकको चौथो अधिवेशनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकका कोषाध्यक्ष श्री अर्जुन तामाङ (आर्यन) लाई सर्वसम्मत रूपमा नयाँ अध्यक्षमा चयन गरेको छ।
साथै, अधिवेशनमार्फत २०२५–२०२७ कार्यकालका लागि सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
यस अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकका अध्यक्ष विनोद श्रेष्ठले नव–निर्वाचित अध्यक्ष अर्जुन तामाङ सहित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
नेपाल तामाङ घेदुङ, कुर्दिस्तान–इराकले भाषा, धर्म, कला, संस्कार र संस्कृतिको जगेर्ना गर्दै प्रवासमा तामाङ समुदायलाई एकताको सूत्रमा बाँध्ने प्रतिवद्धता व्यक्त गरेको छन ।




