मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक
थाङमिचागु डटकम संवाददाता

दोलखा, १९ साउन २०८२ ।
राष्ट्रिय परीक्षा बोर्डले आज (सोमवार) कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। काठमाडौंमा बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै परीक्षा दिएको लाखौं विद्यार्थीको प्रतीक्षा टुंगिएको हो।
परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म देशभरका विभिन्न परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो।
बोर्डका अनुसार, यस वर्षको परीक्षामा जम्मा ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए।
त्यसमध्ये,
३ लाख ९५ हजार ९ सय ८ जना नियमिततर्फ
१ लाख १५ हजार ६ सय १७ जना आंशिकतर्फ सहभागी भएका थिए।
बोर्डले नतिजा सार्वजनिक गर्दै विद्यार्थीहरूले निजको सिम्बोल नम्बर प्रयोग गरी वेबसाइट, एसएमएस र मोबाइल एप्समार्फत नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ।
परीक्षा परिणाममा सुधार र पारदर्शिता ल्याउन निरन्तर प्रयासरत रहेको बोर्डले जनाएको छ।
यससँगै अब विद्यार्थीहरू उच्च शिक्षाको तयारीमा जुट्न सक्ने अवस्था आएको छ।





