कालिन्चोकमा कृषकलाई जलवायु अनुकूल तरकारी बिउ वितरण

0Shares

कालिन्चोकमा कृषकलाई जलवायु अनुकूल तरकारी बिउ वितरण

थाङमिचागु डटकम संवाददाता

दोलखा, कालिन्चोक — नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत कालिन्चोक गाउँपालिका–१ मा गठित माहाङ्काल कृषक समूह, क्यामपोल का किसानलाई तरकारी बिउबिजन वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत रायो, काउली, मुला, धनियाँ र सिमी लगायतका बिउहरू वितरण गरिएका छन्।
यो कार्यक्रमले जलवायु परिवर्तनका प्रतिकूल असरहरूबाट कृषकलाई जोगाउने, जलवायुमैत्री कृषि प्रविधि अपनाउने, र स्थानीय स्तरमा पोषण सुरक्षामा टेवा पुर्‍याउने लक्ष्य राखेको छ।

योजना अनुसार कृषकहरूलाई नर्सरी व्यवस्थापन, रोग र किरा नियन्त्रण सम्बन्धी प्राविधिक सल्लाह तथा सहयोग समेत प्रदान गरिएको छ।

सामुदायिक विकास केन्द्रहरूले कृषकहरूको सीप अभिवृद्धि र वातावरणमैत्री उत्पादन प्रणालीको माध्यमबाट ग्रामीण जीवनस्तरमा सुधार ल्याउने प्रयासलाई निरन्तरता दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *