मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
अखिल नेपाल महिला संघ भीमेश्वर नगरपालिका वडा नं. ७ को दोस्रो वडा सम्मेलन भव्य रूपमा सम्पन्न
अखिल नेपाल महिला संघ भीमेश्वर नगरपालिका वडा नं. ७ को दोस्रो वडा सम्मेलन भव्य रूपमा सम्पन्न
भीमेश्वर, २०८१ चैत १७ – अखिल नेपाल महिला संघ (अनेमसंघ) भीमेश्वर नगरपालिकाका ९ वटै वडामा वडा सम्मेलन सम्पन्न भइसकेको छ। सोही क्रममा, मिति २०८१ साल चैत १६ गते भीमेश्वर नगरपालिका वडा नं. ७ मा दोस्रो वडा सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
वडा सम्मेलनको अध्यक्षता शारदा कटुवालले गर्नुभएको थियो भने प्रमुख अतिथि अखिल नेपाल महिला संघ बागमती प्रदेश कमिटीकी सदस्य क. पार्वती खड्का रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथि तथा वक्ताका रूपमा अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष क. मेनुका सुवेदी, नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य डा. जाजुका न्यौपाने, नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव क. कमला बस्नेत, अखिल नेपाल महिला संघ जिल्ला इञ्चार्ज पूर्णिमा खरेल, अखिल नेपाल महिला संघ जिल्ला कोषाध्यक्ष सबु, अखिल नेपाल महिला संघ नगर कमिटी सचिव दिपा घिमिरे, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष क. सुरथ थापा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
वडा सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै शर्मिला श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी निर्वाचित गरेको छ। नवनिर्वाचित समितिले आगामी दिनमा वडा भित्रका महिलाहरूको हक, अधिकार, सशक्तिकरण तथा समग्र सामाजिक, आर्थिक, शैक्षिक विकासका क्षेत्रमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्वती खड्काले महिलाहरूको समानता, सशक्तिकरण र सामाजिक न्यायका लागि संगठनको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उहाँले महिलाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू सञ्चालन गर्दै पार्टी र संगठनलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा अन्य अतिथि वक्ताहरूले पनि महिला अधिकार, संगठन विस्तार, सामाजिक न्याय, तथा विकासका विषयमा आफ्ना विचार राख्दै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने सुझाव दिएका थिए।
सम्मेलनमा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले संगठनप्रति आस्था प्रकट गर्दै आगामी दिनमा अनेमसंघको अभियानलाई सफल पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
वडा सम्मेलन सफल पार्न स्थानीय तहका नेताहरू, महिला कार्यकर्ता, तथा नेकपा (एमाले) भीमेश्वर नगरपालिकासँग सम्बद्ध व्यक्तिहरूको महत्वपूर्ण भूमिका रहेको थियो। संगठनले आगामी दिनमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्ने तथा महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि विशेष पहल गर्ने जनाएको छ।





