पश्चिम नवलपरासीमा घुमुवा प्रहरी विजय यादव र शंकर बस्यालकाे आतंक

0Shares

पश्चिम नवलपरासीमा घुमुवा प्रहरी विजय यादव र शंकर बस्यालकाे आतंक

थाङमिचागु डटकम संवाददाता

प्रहरी संगठन घुमुवाहरूकै कारण ज्यादै बदनाम बन्दै आएको छ । सूचना संकलनका लागि कार्यालय प्रमुखले सिभिलमा परिचालन गरेको भनिए पनि यथार्थमा त्यस्ता सिभिलमा परिचालित घुमुवाहरू हाकिम र आफ्ना लागि रकम उठाउने अभियानमा सक्रिय हुँदै आएका कारण पनि यिनै घुमुवाका कारण प्रहरी संगठन नै बदनाम हुने गर्दछ ।

विशेष गरेर पश्चिम नवलपरासीमा त घुमुवा प्रहरीको आतंक व्यापकमात्रामा बढिरहेको छ । सीमा क्षेत्रमा हुने तस्करीधन्दा घुमुवाकै कारण संरक्षित हुने गर्दछ भने तस्करहरूसँग मोटो रकम लिएर तस्करी भएको सामान आफ्नो क्षेत्र कटाएर पठाउने कामसमेत यिनै घुमुवाहरूले गर्दछन् । हुँदाहुँदा कार्यालय प्रमुखका नाममा घुमुवाले तस्करहरूदेखि व्यापारीसँग रकम त असुली गरे नै मातहतका चौकीका प्रमुखहरूलाई समेत घुमुवाले रकम उठाउने गरेको घटना नवलपरासीमा देखिएको छ ।

अन्य जिल्लाहरूमा सीमा क्षेत्रका अतिरिक्त कमाइ हुने चौकीका प्रमुखहरूले जिल्लाको प्रहरी प्रमुखलाई सोझै भेटी मासिकरूपमा रकम बुझाउने गर्ने प्रचलन रहिआएकोमा पश्चिम नवलपरासीमा भने घुमुवा प्रहरीले रकम उठाउने गरेको गुनासो चौतर्फीरूपमा बढ्न थालेको छ ।

प्रहरीका हवल्दार शंकर बस्याल र सहायक हवल्दार विजय यादवले ठूला तस्करहरुसँग लाइन लिएर उनीहरुले सर्वसाधारणलाई सास्ती दिँदै आएपछि जनगुनासो बढेको छ ।

बुधबार बिहान ३ बजे बर्दघाट १३ लेबडा बाटो हुदै बाल किशाेर केवट र काेठारी केवट साइकलबाट हाेलिमा लाउने कुर्ता र टिसर्टकाे समान लगिरहेकाे अवस्थामा द्वय घुमुवा बस्याल र यादवले पछाडिबाट समातेका हुन ।

द्वय घुमुवा बस्याल र यादवले रक्सी खाएर मातेकाे अवस्थामा जिविकाे पार्जनका लागि साइकलबाट समान लगेका बाल किशाेर केवट र काेठारी केवटलाई पिट्दै हतकडि लगाए समान जफत गरे।

बाल किशाेर केवटका अनुसार छाेडदिन भन्दाखेरि झनै पिटेकाे र हटकडि लगाउदा किन लगाकाे साेध्दा लातले हान्दै पिस्तवल दुई जनाकाे छातिमा लगाएर धेरै बाेल्छाै भने गाेलि ठाेकदिन्छु भन्दै समान सहित आफुहरुलाई जेल चलान गरेकाे बताए ।

केवटका अनुसार माेबाइल र पैसा लगाएत सबै समान छाेडेर जेल हालेकाे र पछि महेशपुर प्रहरी चाैकि एवं महेशपुर भन्सार कार्यालय लगि ४९ हजार ६०० रुपैया तिराएर मात्र छाेडेकाे रुदै केवट राष्ट्रिय दैनिककाे टिमलाई बताएका हुन ।

केवट भन्छन ऋण लिएर बिदेश गएको त्यहा पनि भनेको जस्तो काम दाम नपाएको र एजेन्टले ठगेकोले भागेर नेपाल आएपछि नेपालमा काम खाेज्दा नमिलेपछि परिवार धान्नलाई थाेरै थाेरै समान इन्डियाबाट नेपाल साइकलबाट छिराउनतिर लागे तर याे त मेराे लागि काल बन्याे । रातभरि माेटरसाइकल र पिकपकाे पिकप नेपाल हुदै इन्डिया र इन्डिया हुदै नेपाल समान आवतजावत हुन्छ तर प्रहरीले चिउ बाेल्दैन । तर हामीजस्ता निमुखालाई मात्र दबाउन र कार्वाही गर्न पुलिस प्रशासन जानेको छ।

आफुहरु गल्ती गरेको भए नियमानुसार कार्वाही भाेग्न तयार रहेको तर पशु सरह पिटि मानव अधिकार हनन गरेको काेठारी केवट दुख ब्यक्त गरेका हुन ।

घुमुवा प्रहरी विजय यादव र शंकर बस्यालबाट पिटाइ खाएका बाल किशाेर केवट र काेठारी केवटकाे सरिरमा डाम बसेकाे छ । अझै बाल किशाेर केवटलाई यस्तो कुटेका छन कि खुट्टा भित्री चाेट लागेर हिन्न सास्ती समेत भएको छ।

यश विषयमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी वीर दत्त पन्तसंग साेध्दा आफू त्याे समय जिल्लामा नरहेकोले त्यस घट्नाबारे केही जानकारी नभएको बताउनुभएको हाे । प्रहरी नायव उपरीक्षक पन्तले यदि हाम्रो घुमुवा टाेलीले पिटेको ती ब्यक्तिहरुलाई पिटेको खण्डमा कार्वाही गर्ने बताउनुभएको हाे।

घरायसी प्रयोजनका लागि थोरै सामान ल्याउँदा प्रहरीले चेकजाँच गरेर फर्काइदिने गरेको बताउँदै बाइक र पिकपमा सामान ओसारपसार गर्नेलाई रोक्ने वा सोध्ने सम्म गर्न नसकेको स्थानीयले बताएका छन् ।

पश्चिम नवलपरासी यतिबेला तस्करीको लागि मुख्य ट्रान्जिट प्वाइन्ट बनेको छ । एकतर्फ नेपालको राजस्व चुहावट गर्ने अर्कोतर्फ प्रहरी र भन्सारका कर्मचारीहरु मोटाउने कार्य बढ्दै गइरहेको छ ।

सीमावर्ती भारतीय बजारबाट यतिबेला ठूलो मात्रामा कपडाको तस्करी भइरहेको छ । साथै माछा , कुखुरा ,चिनि,चल्ला मकै ,गहु,चामल,इलेक्टि्रकल सामाग्री ,हार्डवेयरका सामान,टायल लगाएत थुप्रै समान ओसारपसारमा प्रहरीको ठूलो हात रहँदै आएको छ ।

बिशेषगरी नेपाल प्रहरी, सशस्त्र प्रहरीको संलग्नतामा तस्करहरुले सजिलै नवलपरासीको बाटो हुदै तस्करी गर्दै आइरहेका छन् । यसबापत तस्करीहरुले प्रहरीहरुलाई मासिक रुपमा हजारौं रकम दिने गरेका छन् । तस्करी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत बेवास्ता गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *