मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
ठेकेदार कुरिरहेको तामाकोशी पुल वर्षदेखि अलपत्र
ठेकेदार कुरिरहेको तामाकोशी पुल वर्षदेखि अलपत्र
थाङमिचागु डटकम संवाददाता

दोलखा । जिल्लाको तामाकोशी नदीमा रहेको पुरानो पुलकै छेउमा निर्माणाधीन नयाँ पुल सात वर्षदेखि अलपत्र परेको छ। लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत पर्ने यो पुल निर्माणका लागि ठेकेदार कम्पनी मिलगिरी नेसनल जेभी ले २०७३ सालमा ठेक्का सम्झौता गरेको थियो।
साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म पुलको जग र पिलरबाहेक अन्य संरचना बन्न सकेको छैन। पाँचवटा स्थानीय तहलाई सदरमुकामसम्म जोड्ने यो पुल जीर्ण बनेपछि मालवाहक सवारी जोखिम मोलेर सञ्चालन गर्नुपरेको छ।
राजनीतिक र प्रशासनिक बेवास्ता
स्थानीय नागरिकका अनुसार ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ, भने राजनीतिक दल, जनप्रतिनिधि तथा सडक डिभिजन कार्यालयले चासो नदेखाएको गुनासो छ। दुई पटक समय थप गरिए पनि निर्माण कम्पनीले कुनै पहल गरेको छैन।
जोखिमयुक्त पुरानो पुलमै निर्भरता
करिब ४० वर्षअघि बनेको पुरानो पुल चारैतिरबाट चिरा परी जीर्ण भइसकेको छ। यही पुलबाटै सवारी तथा हाइड्रोपावरका भारी सामान ढुवानी भइरहेको छ, जसले गम्भीर दुर्घटनाको जोखिम बढाएको छ।
स्थानीय बासिन्दाले पुल निर्माण कार्य शीघ्र सम्पन्न गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।





