गाउँघर सानाकिसान सहकारीले बितरण गर्यो कृषकहरुलाई कृषि सामाग्री ।।

0Shares

चरिकोट – दोलखाको मेलुङ गाउँपालिका स्थित गाउँघर सानाकिसान कृषि सहकारी संस्थाले कृषकहमरुलाई कृषि सामाग्री बितरण गरेको छ । शुक्रवार आयोजित एक कार्यक्रमकाबीच सहकारी संस्थाले स्थानीय कृषकहरुलाई हातेट्याक्टर, बीउविजन, विषादी, स्प्रे मेसिनसहितका कृषि सामाग्री बितरण गरेको हो ।

संस्थाले आलु विस्तार कार्यक्रम अन्तर्गत १ सय भन्दा बढि कृषकलाई बीउ विजनका साथै सामुहिक रुपमा प्रयोग हुने गरी १८ ओटा हातेट्याक्टर बितरण गरेको छ । हातेट्याक्टरबाट ८० जना किसान लाभान्वित हुने संस्थाले जनाएको छ । यसैगरी बिषादी प्रयोग गर्ने १५ ओटा स्प्रे मिसिन र सिंचाईका लागि दुई हजार मिटर पाईप बितरण गरिएको छ । गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य लगायतले कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरे । सहकारी संस्थाका अध्यक्ष श्रीराज पोखरेलले कृषि व्यवसाय र उत्पादनमा सहयोग पुगोस् भन्ने उदेश्यले कृषकहरुलाई कृषि सामाग्री बितरण गरिएको जानकारी दिए ।

पोखरेलका अनुसार सस्थाको पहलमा सितली मेलुङ सडक मर्मत कार्य भैरहेका छ भने जोगिगाउ खानेपानी आयोजना समेत सम्पन भएको छ । सस्थाले युवा कृषकलाई प्रोत्साहन स्वरुप पुरै अनुदानमा कम्माइन्ड मिल, थ्रेसर लगायतका सामाग्रीपनि बितरण गर्ने जनाएको छ । संस्थाको अगुवाईमा कार्यक्षेत्र भित्र वाग्मती प्रदेशमार्फत एक दर्जन बढी योजनाको लागि पहल गरिएको अध्यक्ष पोखरेलले बताए ।

कार्यक्रममा मेलुङ गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहमरुलाई सम्मान समेत गरिएको थियो । गाउँघर सानाकिसान सहकारी संस्था विगत लामो समयदेखि त्यस क्षेत्रका कृषकहरुको सेवामा सक्रिय रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *