नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
धान दिवस किसानलाई कोसेढुङ्गा ।।।

धान दिवस किसानलाई कोसेढुङ्गा ।।।
विनोद मण्डल आषाढ़ १६ । सरकारले विक्रम सम्वत २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णयबाट निर्णय पारित गर्दै २०६२ सालदेखि अषाढ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ ।
करीब ८० लाख जमीनमा हुने धान खेतीको २९ प्रतिशत जमीनमा मात्र सिँचाइ सुविधा रहेको पाइन्छ ।
कागजमा सीमित कृषि प्रधान देशमा समयमा किसानले मल खाद नपाउनु विडम्बना रहेको छ ।
सीमित भौगोलिक क्षेत्रलाई मध्यनजर राख्दै सरकारले आषाढ़ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा देशका सबै भूभागको लागि लागू नहुनसक्छ ।
तराईका अधिकांश भूभागमा यतिबेला रोपाइँ भइसकेको अवस्था रहेको पाइन्छ भने खाउरको रोपाइँ बल्ल साउन देखि शुरू हुन्छ ।
दही चिउरा खाएर धान खेतमा हिलो छ्यापेर मजाक उडाउनेहरुले तिनै किसानको सास्तीलाई बुझ्ने कोशिस गर्दैनन् ।
कृषि तथा सहकारी मन्त्रालयले राष्ट्रमा आषाढ़ १५ लाई किसानको मनोबल उच्च बनाउने हेतुले कम्मर कसेर धान दिवस मनाउँदै आएको अवस्थामा १९ औं धान दिवस ” धान रोपौ , खाद्यान्नमा आत्मनिर्भर बनौ ” भन्ने मूल नाराका साथ देशभरि बिभिन्न कार्यक्रम गरी मनाएका छन् भने वास्तविक किसानको हालसम्म पहिचान भने हुन् सकेको छैन ।





