नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Thursday, May 28, 2026
वर्ष नबित्दै पोखरीको वाल भत्कियो ।।।

वर्ष नबित्दै पोखरीको वाल भत्कियो ।।।
विनोद मण्डल आषाढ़ १६ । मनसुनी वायुसँगै आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा भौतिक तथा मानविय क्षति पनि तिब्र रुपमा बढिरहेको वर्तमान घडीमा आलोचित बन्दै गएको स्थानिय सरकारलाई सर्वत्र चुनौती थपिँदै गएको छ ।

सिराहाको बिष्णुपुर गाउँपालिका वडा नं २ राजपुर गाउँमा रहेको एक पोखरीमा लाखौं रुपैयाँ खर्चेर बनाइएको पोखरीको चारै तिर बनाइएको वाल वर्षा सँगै भत्किन थालेको छ ।
स्थानिय गाउँलेको निगरानीमा बनाइएको वाल एक वर्ष नबित्दै भत्किन थालेपछि पोखरीमा स्नान गर्न समस्या हुनुका साथै पोखरीमा सामाजिक कार्य गर्न समेत समस्या हुन् थालेको स्थानियले बताएका छन् ।
कमजोर मानसिकता कमशल सिमेन्ट ,बालुवा , कमजोर निगरानीको कारण पोखरीको वाल भत्किन थालेको आरोप यतिबेला पोखरी उपभोक्ता समितिमाथि लागिरहेको छ ।





