नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
रास्वपा का कार्यकर्ता र प्रहरीले बीच भएको झडपले जिल्लाको वातावरणलाई तनावग्रस्त
रास्वपा) का कार्यकर्ता र प्रहरीले बीच भएको झडपले जिल्लाको वातावरणलाई तनावग्रस्त
थाङमिचागु डटकम संवाददाता

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीले बीच भएको झडपले जिल्लाको वातावरणलाई तनावग्रस्त बनाएको छ। घटना जिल्ला प्रहरी कार्यालय चितवनको गेटमा सुरु भएको हो, जहाँ रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले नाराबाजी र प्रदर्शन गर्दै कार्यालयभित्र प्रवेश गर्ने प्रयास गरेका थिए।
प्रहरीले समर्थकहरूलाई नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबीच झडप भएको हो। यस क्रममा भरतपुरको अस्पताल रोड क्षेत्र केही समयका लागि तनावपूर्ण बन्यो।
घटनाका कारणको बारेमा विस्तृत जानकारी र सम्भावित घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। राजनीतिक दलका गतिविधिले जनमानसमा यस किसिमको प्रभाव पारेको हुँदा परिस्थितिलाई चाँडो शान्त पार्न सम्बन्धित पक्षहरूले पहल गर्नुपर्ने देखिन्छ।





