नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
सिराहाको उत्तरी छेत्र अवस्थित धनगढीमाइ १४ मानविय जीवन कष्ठकर बन्दै छ।।।

वर्षाले मानविय जीवन कष्ठकर बन्दै ।।।
विनोद मण्डल आषाढ़ १४ । मनसुनको बदलावसँगै नियमित वर्षा हुन् थालेपछि आम जीवन कष्टमय बनेको छ ।

सिराहाको उत्तरी क्षेत्रमा अवस्थित धनगढीमाई १४ पुग्नको लागि बनाइएको एकमात्र जिरोमाईल हाथी ढुङ्गा सडक ठाउँ ठाउँमा वर्षाको कारण भत्किए पछि आवत जावतमा कठिनाई उत्पन्न हुनुका साथै बिहिबारेमा सरे खोलाले माटो कटान गरेपछि यतिबेला आवत जावत पूर्णतया बन्द भएको छ ।

नेपालको एकमात्र राजमार्ग भन्दा करिव १६ किलोमीटर दुरीमा रहेको अन्धकारमय सिरहाको दुर्गम बस्तीहरू दल्मे, खुट्टी , चटयान, गागण , मडयान लगायतको बस्तीहरूमा नियमित वर्षाको कारण खोला नालामा बाढी पहिरो बढेपछि मानिसहरू घर भित्र कोचिएर बस्न विवश भएका छन् ।

प्राकृतिक कारणले सास्ती भोग्दै आएका यस ठाउँमा टेलिफोन नेटवर्क नहुँदा यतिबेला मानिसको बाहिरी सम्परक समेत हुन् सकेको छैन ।





