नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
दोलखाकै सांसद रचना खड्का जिरीमा ताल निर्माणको बिरोधमा, प्रदेशसभामै गरियो आलोचना

दोलखा । दोलखाको पर्यटकीय नगरी जिरीमा ताल निर्माणका लागि प्रदेश सरकारबाट प्राथमिकताका साथ बजेट विनियोजन भएका बेला दोलखाकै एमालेबाट निर्वाचित सांसद रचना खड्काले त्यसको विरुद्ध अभिव्यक्ति दिनुभएको छ ।
एमालेबाट समानुपातिकतर्फ निर्वाचित सांसद एवम् बागमती प्रदेशकी पूर्व आर्थिक मामिला तथा योजना मन्त्री खड्काले जिरीमा मानव निर्मित तालकालाििग बजेट बिनियोजन गर्नु उचित नभएको अभिव्यक्ति दिनुभएको हो । प्रदेशसभाको आजको बैठकमा बोल्दै उहाँले तालैताल भएको स्थानमा मानव निर्मित ताल बनाउने निर्णय प्रदेश सरकारको प्राथमिकतामा पर्नु ठिक नभएको बताउनुभयो । सांसद खड्काले जिरीको अस्पताल कस्ले चलाउँछ ? भनेर भौतारिरहेको अवस्थामा मानव निर्मित जिरी ताल प्राथमिकता पर्नु उचित नभएको बताउनुभयो ।
जिरीमा ताल निर्माणका लागि प्रदेश सरकारका वन तथा वातारणमन्त्री विशाल खड्काले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका बेला सांसद खड्काले यस्तो अभिव्यक्ति दिनुभएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष जिरीमा मानव निर्मित तालका लागि १५ करोड बजेट विनियोजन गरेको छ । केही दिनअघि मात्रै मन्त्री खड्का जिरी पुगेर ताल निर्माणस्थलको स्थलगत अवलोकन समेत गर्नुभएको थियो





