पूर्वराजा वीरेन्द्रको सालिक इटहरी विरेन्द्र चोकमा राख्ने विषयमा मुलबासी भुमीपुत्र महिला महासंघको आपत्ति

0Shares

पूर्वराजा वीरेन्द्रको सालिक इटहरी विरेन्द्र चोकमा राख्ने विषयमा मुलबासी आदिवासी भुमीपुत्र महिला महासंघको आपत्ति

इटहरी चोकमा पूर्वराजा विरेन्द्र वीर विक्रम शाहको सालिक बनाइने निर्णयप्रति नेपाल आदिवासी जनजाति महिला महासंघ उपमहानगर समिती इटहरीले आपत्ति जनाएको छ ।
आइतबार आदिवासी जनजाति महिला महासंघले इटहरी नगरप्रमुख हेमकर्ण पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै आपत्ति जनाएको हो ।
तत्कालिन कालखण्डमा श्री ५ को सरकारहरुले नेपाली जनतामा निरंकुश शासन लादेर निमुखा प्रजा बनाइएको, जहाँनिया शासन प्रणालीबाट नेपाली जनताहरुले बोल्ने हक सम्म नपाएको राजतन्त्रलाई जरैबाट उखेलेको र २०६१ माघ १९ गते राजतन्त्रको प्रतिगमनको इतिहासलाई बिर्सदै राजतन्त्रको इतिहास ब्युताउन खोज्नु गणतन्त्रमाथिको प्रहार भएको जनाएको छ ।
संघीयता, धर्मरिरपेक्षता सहितको गणतन्त्र आइसकेको र पहिचान सहितको संघियताको समसामयिक विषय उठिरहेको बेला पूर्व राजाको शालिक राख्नु उपयुक्त नभएको विज्ञप्तिमा भनिएको छ । ‘इटहरीको इतिहासलाई फर्केर हेर्दा सतन लाल गच्छदार र नरसिंह थारुको योगदान सँग जोडिएको इटहरीको इतिहास शंकरपुर हुँदै गाईसार र गाईसार हुँदै इटहरीको नामाकरण हुनुमा तत्कालिन अपराधीहरुलाई इटको तुरुङ बनाएर सजाय दिइने र थारु भाषामा इटालाई इट र तुरुङलाई हरी भनिने भएकाले इटाको तुरुङ इटहरी भनिने एउटा तथ्य रहेकोले र यो शहरको एतिहासिक नाम इटहरी रहेको भन्ने तथ्यहरु भइ रहेको बेला, यहि शहरको बीचमा पूर्वराजा विरेन्द्रको सालिक स्थापना गरिने भन्ने विषय झनै पेचिलो बनेको’ उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
आदिवासी जनजाति महिला महासंघ इटहरीले सालिक स्थापनाले गणतन्त्रवादी, इटहरी आसपासका आदिवासी थारु लगायत जनजाति, मधेसी, मुस्लिम समुदाय विशेष ठूलो जमातको संस्कार, संस्कृति, भाषा, भेषभुषा ओझेलमा पर्न जाने बारे इटहरी उपमहानगर प्रमुखलाई ध्यानाकर्षण गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *