ठेकेदारको लापरवाहीले बिगु गाउँपालिका वडा ४ र ५ बिच्मा पर्ने झोरुङखोलामा निमार्णाधिन पुल भत्किएको छ ।

75Shares

दोलखा । दोलखाको विगु गाउँपालिकाको वडा नम्बर ४ र ५ को बिचमा पर्ने झोरुङखोलामा निर्माणाधीन सडक पुल भत्किएको छ ।

लगातारको वर्षासँगै झोरुङखोलामा पानीको वहाव बढेको र निर्माणाधीन सडक पुलको टेको बगाएपछि पुल भत्किएको हो । सो पुल निर्माणका लागि दुई बर्ष अघि अर्थात २०७७ साल माघमा त्रिवेणाी बानिया लासा कम्पनीले जिम्मा लिएको थियो । सडक पुल निर्माणकालागि विगु गाउँपालिकाले ३ करोड ४७ लाखको स्टेमेट तयार गरेकोमा सो कम्पनीले २ करोड १६ लाखमा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । एक वर्षअघि निर्माण सुरु भएको सो पुलमा गत जेठ २९ खोलाले क्षति पु¥याएको थियो ।

खोलामा पानीको वहाव बढेसँगै निर्माणाधीन पुलको सतह भासिएपछि गाउँपालिकाले जेठ ३० गतेदेखि नै काम रोक्न भनेको थियो । गाउँपालिकाको निर्देशन वमोजिम निर्माण कार्य रोकेको १० दिनमा निर्माणाधिन सडक पुल भत्किएको हो । बिगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले निर्माण कम्पनीले सडक पुल निर्माणमा ढिलासुस्ति गरेको र बर्षा याममा काम गरेका कारण दुर्घटना भएको प्रतिक्रिया दिनुभयो । यस बिषयमा जानकारी लिन खोज्दा बिगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओलीको मोवाईल भने उठेन । बहु वर्षिय योजना अन्र्तगत रहेको झोरुङखोला पुल निर्माण सम्पन्न गरी ठेकेदार कम्पनीले यही असार अन्तिममा गाउँपालिकालाई बुझाउनुपर्ने थियो । तर, काम नसकिँदै निर्माणाधीन पुल विच भागबाट भत्किएर खोलामा खसेको छ ।

दोलखाको विगु गाउँपालिकाको वडा नम्बर ४ र ५ को बिचमा पर्ने झोरुङखोलामा निर्माणाधीन सडक पुल भत्किएको छ । लगातारको वर्षासँगै झोरुङखोलामा पानीको वहाव बढेको र निर्माणाधीन सडक पुलको टेको बगाएपछि पुल भत्किएको हो । सो पुल निर्माणका लागि दुई बर्ष अघि अर्थात २०७७ साल माघमा त्रिवेणाी बानिया लासा कम्पनीले जिम्मा लिएको थियो ।एक वर्षअघि निर्माण सुरु भएको सो पुलमा गत जेठ २९ खोलाले क्षति पु¥याएको थियो । खोलामा पानीको वहाव बढेसँगै निर्माणाधीन पुलको सतह भासिएपछि गाउँपालिकाले जेठ ३० गतेदेखि नै काम रोक्न भनेको थियो । गाउँपालिकाको निर्देशन वमोजिम निर्माण कार्य रोकेको १० दिनमा निर्माणाधिन सडक पुल भत्किएको हो ।

झोरुङखोलामा सिंगटी हाईड्रोपावरको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लगानीमा पुल निर्माण गर्ने गरी सम्झौता भएको थियो । सिंगटी हाईड्रोपावर र गाउँपालिकाबीच भएको सहमति अनुसार ठेकेदार कम्पनीलाई पुल निर्माणाको जिम्मा दिईएको हो । पुलको दुई साइडमा पिलर उठाउन, विमको डण्डी बाँध्ने, टेका लगाउने काम सकिएपछि विचमा स्ल्याव निर्माण गर्नुपर्ने थियो । तर, फर्मामा शंका लागेर गाउँपालिकाले काम रोकेको अवस्थामा फर्मा खुस्किएर पुल खोलामा खसेको विगु गाउँपालिकाका इन्जियर सरोज खड्काले बताउनुभयो ।

लगातारको वर्षाका कारण खोलामा पानीको वहाव बढेको र निर्माणाधिन पुलमा लगाएको टेको बगाएपछि पुल खोलामा खसेको त्रिवेणी बानिया लासा ठेकेदार कम्पनीका साइड इन्चार्ज प्रेमबहादुर तमाङले बताउनुभयो । असार अन्तिमसम्म सम्झौता अनुसारको काम सम्पन्न गर्नेगरी काम भइरहेका वेला खोलामा पानीको वहाव बढेर क्षेति पुगेको तामाङको भनाई छ । एक वर्षअघि पुल निर्माणको काम सुरु भएपनि स्थानीय तहको निर्वाचन, कोरोना महामारी र भारतबाट पुलमा राख्नुपर्ने सामान आउन ढिलाई भएका कारण पुल निर्माणमा ढिलाई भएको ठेकेदार कम्पनीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *