गौरीशंकर गाउँपालिकाको बजेट ५६ करोड ९८ लाख

0Shares

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ९८ लाख बजेट ल्याएको छ ।

गाउँपालिकाले आज आगामी आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङले आगामी आर्थिक वर्षका लागि कुल ५६ करोड ९८ लाख ३५ हजार बजेट प्रस्तुत गर्नुभएको छ । गौरीशंकर गाउँपालिकाले पुर्वाधार विकाशलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । पुर्वाधार विकासका लागि पालिकातर्फ ५ करोड ८१ हजार र वडागततर्फ ५ करोड १० लाख बजेट विनियोजन भएको छ । यस्तै गाउँपालिकाले शिक्षा र खेलकुदतर्फ २ करोड ५० लाख, कृषि तथा पशुपंक्षि विकास तर्फ १ करोड, विपद व्यवस्थापन कोषका लागि ६० लाख र स्वास्थ्यमा ८० लाख बजेट विनियोजन गरेको हो ।

बजेट वक्तव्य सार्वजनिक गर्दै गाउँपालिकाका उपाध्यक्ष तमाङले गौरीशंकर गाउँपालिकामा संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान वापत १२ करोड २ लाख, प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदानतर्फ ३ करोड १३ लाख ५० हजार, सवारी साधन कर राजस्व बाँडफाँड प्रदेश सरकारबाट २ करोड ४४ लाख ६८ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँड बापत १० करोड २३ लाख ६३ हजार प्राप्त हुने जानकारी दिनुभयो । यस्तै गाउँपालिकाको आन्तरिक आम्दानी ३० लाख , संघीय सरकारबाट ससर्त अनुदान बापत २२ करोड ९६ लाख, संघीय सरकारबाट विशेष अनुदान २ करोड, समपुरक अनुदान ७० लाख प्राप्त हुनेछ । यसैगरी प्रदेश समपुर अनुदान २ करोड र प्रदेश ससर्त अनुदान वापत २ करोड १८ लाख १७ हजार बजेट प्राप्त हुने गाउँपालिकाको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को निति कार्यक्रम तथा बजेट सार्वजनिकिकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, प्रमुख प्रशासकिय अधिकृत पवन कुमार प्याकुरेल, वडाध्यक्षहरु र वडा सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *